स्वास्थ्य बीमाबारे देखिएको समस्यामा प्रधानमन्त्रीको चासो : आज छलफलको तयारी

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाबारे पछिल्लो समयमा देखिएको समस्यामा चासो राख्नुभएको छ । उहाँले अहिले देखिएको समस्या समाधानको प्रयासका लागि आज छलफल बोलाउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरोकारवाला पक्षसँग छलफल गर्न प्रधानमन्त्री कार्कीले आज दिउँसो बैठक आह्वान गर्नुभएको हो । केही अस्पतालले स्वास्थ्य बीमाबापतको बक्यौता रकम बीमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्बभन्दा धेरै रकम भुक्तानी गर्न बाँकी छ ।

बीमा बोर्डले यसअघि सूचना निकालेर एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवाअन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा उपलब्ध गराइने जनाएको छ । बोर्डका अनुसार पछिल्लो व्यवस्था आउँदो फागुन १ गतेदेखि लागू हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search