‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

युरोपेली आयोग (ईयू) ले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न निर्देशन दिएको छ । त्यस्ता डिजाइन परिवर्तन नगरेको खण्डमा ईयूको डिजिटल सामग्री नियमहरू अन्तर्गत हुने जरिवानाको जोखिम लिन तयार रहन पनि ईयूले चेतावनी दिएको छ ।

युरोपेली आयोगले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको आरोप लगाएको छ ।

लत लाग्ने खालका अत्यधिक सामग्री प्रयोगका लागि सार्वजनिक गर्ने, स्वचालितरूपमा प्रशारण हुने, प्रचारात्मक सूचना र अत्यधिक व्यक्तिगत सिफारिस पद्धतीजस्ता सुविधाहरूले चिन्ता निम्त्याएको उल्लेख गर्दै आयोगका प्रवक्ता थोमस रेग्नियरले टिकटकको लत लाग्ने डिजाइन डिजिटल सेवा ऐनको उल्लङ्घन रहेको बताउनुभएको छ ।

यसबाट विशेष गरी जोखिम वर्गको मानसिक स्वास्थ्य र कल्याणको लागि घातक रहेको उहाँले बताउनुभयो । टिकटकका प्रवक्ताले एक विज्ञप्तिमा ईयूको निष्कर्षलाई अस्वीकार गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search