आज कोशी र गण्डकी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा आज आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराइका केही ठाउँमा बिहान हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराइका केही ठाउँमा हुस्सु/कुहिरो कायमै रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ, बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने अनुमान छ । आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search