सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाको खिलामा तीन वटा मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
गएराति भारतमा दर्ता भएका मोटरसाइकल एकाआपसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुकेश राय र रामज्ञान रायको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिनुभयो । त्यही ठाउँका विक्रम राय र रामविश्वास राय घाइते भएका प्रहरीले जनाएको छ ।











