सुनको भाउ आज तोलामा ४ हजार ३०० रुपैयाँले बढ्यो

काठमाण्डौ । हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ । हिजो १ हजार ५ सय रुपैयाँले घटेको सुन आज एकैदिन तोलामा ४ हजार ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ४ सय रुपैयाँ थियो ।

यस्तै हिजो तोलामा ५ रुपैयाँले घटेको चाँदीको भाउ आज तोलामा १ सय ८० रुपैयाँले बढेर तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ८० रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search