आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि मनाइँदै

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । हरेक वर्ष फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने गरिन्छ । यो दिवसको माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिको विविधतालाई स्वीकार गरी बहुभाषा र बहुसंस्कृतिलाई संरक्षणको प्रयास गरिएको छ । दिवसको अवसरमा नेपालमा पनि भाषिक जागरुकता, साँस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

बहुभाषिक देश नेपालमा २०७८ को जनगणना अनुसार एक सय २४ भन्दा धेरै मातृभाषाहरू बोलिन्छन् । राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले अनुमोदन गरेसँगै यो दिवस विश्वका विभिन्न देशमा मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search