१०५ अङ्कले घट्याे शेयर बजार

काठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से १०५ दशमलव ५० अङ्कले घटेर २ हजार ६७६ दशमलव ६८ विन्दुमा झरेको छ ।

योसँगै नयाँ सरकार गठन भएयता नेप्से चार कारोबार दिन घटेको छ भने दुई कारोबार दिन घटेको छ । समग्रमा नयाँ सरकार गठन भएयता नेप्से २७३ अङ्कले घटेको छ ।

आज सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक ६ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक र जलविद्युत् समूहको सूचक ४ प्रतिशत तथा बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, बीमा, माइक्रोफाइनान्स, व्यापार समूहको सूचक ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २६१ वटा समूहको शेयर घटेकोमा ७ वटाको बढेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्सुरेन्स, भूगोल इनर्जी, गार्डियन माइक्रो लाइफ, सप्तकोशी डेभलपमेन्ट बैंक, प्योर इनर्जी, सान्भी इनर्जीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेन्ट इन, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ८ अर्ब ८१ करोडको शेयर कारोबार भएकोमा आज ३४५ वटा कम्पनीका ३ करोड १२ लाख कित्ता शेयर १२ अर्ब ३८ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search