काठमाण्डाै । नेकपा (एमाले) की सांसद लीलाकुमारी भण्डारी राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । आज बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रेमप्रसाद दङ्गालले सांसद भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । भण्डारी उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो ।
नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका सबै दलहरूकाे सहमतिमा एमाले सांसद भण्डारी निर्विरोध निर्वाचित हुनुभएको हो ।











