काठमाण्डौ । सुनकाे भाउ आज पनि बढेकाे छ । सुनकाे भाउ आज एकैदिन ७ हजार २०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ हिजो ४०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ९१ हजार ८०० रुपैयाँमा पुगेकाे थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदीकाे भाउ २०५ रुपैयाँले बढेर ताेलाकाे ५ हजार २५ रुपैयाँ कायम भएकाे छ ।











