कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ । मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा गौरदहस्थित निवासमा निधन भएको हो ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार एक महिना अगाडि जानुकादेवीको खुट्टा भाँचिएपछि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया भएको थियो ।

स्वर्गीय कार्कीका दुई छोरा र पाँच छोरी छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search