ओली र लेखकलाई हाजिरी जमानतमा छाड्ने तयारी

काठमाण्डौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानतमा छाड्ने तयारी गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले आज हाजिरी जमानतमा छाड्न लागेको हो । ओली र लेखकको परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गएको सोमबार काठमाण्डौ अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो ।

ओली र लेखकलाई पछिल्लो पटक थपिएको ५ दिनको म्याद गएराति सकिएसँगै आज छाड्ने तयारी भएको हो । ओली र लेखकलाई प्रहरीले गएको १४ गते पक्राउ गरेको थियो । १३ गते बसेको मन्त्रिपरिषदको पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीले भोलिपल्ट ओली र लेखकलाई घरबाटै पक्राउ गरेको थियो ।

आयोगले उनीहरूलाई लापरबाहीपूर्ण र हेलचेक्र्याईपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search