चिचिला गाउँपालिकामा अन्तरपालिका स्तरिय भलिबल प्रतियोगीता सुरु

खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिकामा अन्तरपालिका स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगीता सुरु भएको छ । उक्त प्रतियोगीताको आज औपचारीक कार्यक्रमबीच उत्घाटन भएको छ । उत्घाटन खेलमा चिचिला गाउँपालिकाको जनप्रतिनिधि टिम र कर्मचारी टिमबिच प्रतिस्पर्धा रहेको थियो ।

प्रतियोगीतामा कर्मचारी टिमले जित हात पार्न सफल भएको छ । भोलिबाट निरन्तर अन्य प्रतिस्पर्धात्मक खेलहरु हुनेछ । प्रतियोगीतामा पुरुषतर्फ ५ वटा टिम र महिलातर्फ ७ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । उक्त प्रतियोगीता २०८३ बैशाख १ गतेसम्म सन्चालन हुनेछ ।

चिचिला गाउँपालिकाका प्रमुख पासाङ नुर्वु शेर्पाले व्यानर पढेर कार्यक्रमको उत्घाटन गर्नु भएको थियो । उक्त उत्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनकला राई, प्रमुख प्रसाशकीय अधिकृत विकास विश्वकर्मा पाँच वटै वडाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको हेर्ने चित्रमार्फत निरन्तर लाइभ भै रहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search