संखुवासभाको चिचिला गाउँपालिकामा जारी अन्तरपालिका स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगीतामा आमचोक गाउँपालिका भोजपुरले विजयी सुरुवात गरेको छ । चिचिला गाउँपालिका संखुवासभा र आमचोक गाउँपालिका भोजपुरबिच आज भएको पहिलो खेलमा आमचोक विजयी भएको हो ।
आमचोकले चिचिलालाई सोझो सेटमा पराजित गरेको हो । बिहीवार देखि सुरु भएको प्रतियोगिता वैशाख १ गते सम्पन्न हुनेछ । प्रतियोगीतामा पुरुषतर्फ ५ वटा टिम र महिलातर्फ ७ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पुरुष भलिबलतर्फको विजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले शिल्ड, मेडल र प्रमाण पत्रसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनलिष्ट दुवै टिमलाई नगद २५,२५ हजार रुपैयाँ प्रदान गरिने छ । त्यस्तै महिला भलिबलतर्फ विजेताले शिल्ड, मेडल र प्रमाण पत्रसहित नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनलिष्ट दुवै टिमलाई १५,१५ हजार रुपैयाँ प्रदान गरिनेछ । साँस्कृतिक कार्यक्रमतर्फ सामुहिक नृत्य प्रतियोगिताको प्रथम, द्वतीय र तृतीय टिमले क्रमश ३०, १५ र १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता समापनको दिन चर्चित कलाकार परेश राई र स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ भने सामुहिक नृत्य प्रतियोगिता पनि हुनेछ । कार्यक्रमको हेर्ने चित्रमार्फत निरन्तर लाइभ भै रहेको छ ।











