२४ घण्टाभित्र देशभरिका विमानस्थलमा ४ सुविधा थप वा स्तरोन्नति गर्न निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न चार प्रकारका सुविधा थप वा स्तरोन्ति गर्न गर्न देशैभरका विमानस्थल कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सचिव मुकुन्द्रप्रसाद निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै विमानस्थलहरूको सेवा गुणस्तर सुधार सम्बन्धी निर्देशन दिएका हुन् । उनले २४ घण्टाभित्र ती सेवा थप वा स्तरोन्नति गर्न निर्देशन दिएका हुन् ।

विमानस्थलहरूमा स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको छ । सफा, सुरक्षित तथा गोपनीयता सुनिश्चित भएको स्तनपान/बेबी–चेन्जिङ कक्ष सञ्चालन गर्न वा आवश्यकता अनुसार स्तरोन्नति गर्न मन्त्रालयले भनेको हो ।

बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिकता हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिइएको छ । बिरामी, जेष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्था गर्न भनिएको छ । साथै मन्त्रालयले नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउन समेत भनेको छ । चौथो निर्देशनमा विमानस्थल परिसरमा सरसफाइ तथा स्वच्छता मापदण्ड कायम गर्न भनिएको छ ।

दैनिक सरसफाइ लगबुक प्रणाली लागू गर्ने, विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेका र अन्य जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न भनिएको छ ।

त्यसको नियमित निरीक्षण तथा अभिलेखीकरण गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका अनुसार विमानस्थल कार्यालयले प्रतिवेदन, फोटो प्रमाण तथा लगबुक विवरण २४ घण्टा भित्र मन्त्रालयमा पेश नगरे कारबाहीको चेतावनी दिइएको छ । साथै यात्रुले विमानस्थलमा कुनै गुनासा भए ९८५१३१२७२२ मा ह्वाट्सएप गर्न सक्ने भएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search