साफ महिला च्याम्पियनशिप : नेपालको समूहमा श्रीलङ्का र भूटान

काठमाण्डाै । साफ महिला च्याम्पियनशिप फुटबलको ‘ड्र’ सार्वजनिक भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले आउँदो मे २५ देखि जुन ६ सम्म भारतको गोवामा हुने प्रतियोगिताका लागि आज ‘ड्र’ सार्वजनिक गरेको हो ।

नेपाल सजिलो समूहमा परेको छ । समूह ‘ए’ मा नेपालसँगै श्रीलङ्का र भूटान रहेका छन् । यस्तै समूह ‘बी’ मा साविक विजेता बङ्गलादेशसँगै भारत र माल्दिभ्स रहेका छन् ।

साफ महिला च्याम्पियनशिपका लागि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search