बेलायतमा सन् २००८ पछि जन्मिएका व्यक्तिहरूले जीवनभर चुरोट किन्न नपाउने

काठमाण्डौ । बेलायतले भविष्यका पुस्तालाई धूमपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमा दीर्घकालीन प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । संसदबाट पारित कानुनले आउँदो पुस्तालाई चुरोटको पहुँचबाट क्रमशः टाढा लैजाने स्पष्ट सङ्केत दिएको समाचार संस्था एपीले जनाएको छ । धूमपान नियन्त्रणका लागि दशकौँदेखि चलिरहेको अभियानपछि यो सफलता प्राप्त भएको हो ।

सूर्तीजन्य पदार्थ र भेपसम्बन्धी विधेयकअनुसार २००८ को डिसेम्बर ३१ पछि जन्मिएका अर्थात् अहिले १८ वर्ष उमेर पुगेका व्यक्तिहरूले जीवनभर चुरोट किन्न पाउने छैनन् । यसले अहिलेको उमेरमा आधारित सीमा हटाएर हरेक वर्ष न्यूनतम उमेर बढाउँदै लैजाने प्रणाली लागू गर्नेछ, जसका कारण अहिलेका किशोर किशोरीहरू भविष्यमा पनि चुरोट किन्नबाट वञ्चित रहनेछन् ।

अहिले बेलायतमा १८ वर्षभन्दा कम उमेरकालाई चुरोट, सूर्तीजन्य वस्तु वा भेप बेच्न प्रतिबन्ध छ । तर नयाँ कानुनले यस व्यवस्थालाई अझ कठोर बनाउँदै दीर्घकालीन रूपमा धूमपानको अन्त्यतर्फ उन्मुख गरेको छ । यही कारणले बेलायत अब विश्वकै सबैभन्दा कडा धूमपान नियन्त्रण नीति अपनाउने देशहरूमध्ये एक बनेको छ ।

विधेयकमा सूर्तीजन्य पदार्थ, भेपिङ उपकरण र निकोटिनजन्य उत्पादनहरूको स्वाद, प्याकेजिङ र वितरणमा समेत कडा नियमनको व्यवस्था छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search