आज राष्ट्रिय विभूति सीता जयन्ती : मिथिलामा जानकी नवमीको उल्लास

काठमाण्डौ । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाईंदैछ । हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता उत्पत्ति दिवसका दिन सीतालाई सम्मान गरी मनाउने गरिन्छ । सीतालाई जानकी, वैदेही, जनकनन्दिनी, मिथिला, जनकदुलारी विभिन्न नामले पुकारिन्छ ।

आदर्श नारी सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् तोयराज नेपाल बताउनुहुन्छ । आज विशेष गरी मिथिला क्षेत्रमा जानकी नवमीको उल्लास छ । सीता मिथिलाकै छोरी भएकी हुँदा जानकी नवमी विशिष्ट पर्व बनेको महोत्तरी मटिहानीको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवले बताउनुभयो ।

आजको दिन व्रत, रामायण कथा र सांस्कृतिक झाँकीकाबीच उत्सव मनाउने परम्परा रहिआएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search