काठमाण्डौ तीनकुने क्षेत्रका बासिन्दाले पनि सामान सार्न थाले : सरकारले विभिन्न ५ ठाउँमा व्यवस्थापन गर्ने

काठमाण्डौ । काठमाण्डौको थापाथली बागमती नदी किनारमा अनधिकृत संरचना हटाउन आज बिहान डोजर चलेको छ । शंखमूलतर्फबाट र प्रसूति गृहतर्फबाट प्रशासनले बस्ती खाली गरिरहेको छ ।

काठमाण्डौ उपत्यकामा बागमती र मनोहरा नदी किनारका अवैध संरचना हटाउन शुरु भएसँगै तीनकुने गैरीगाउँको बागमती किनारमा रहेका सुकुम्वासीले आज आफ्ना सरसामान सार्न थालेका छन् ।

यसअघि बसोबास गर्दै आएका नागरिकले घर टहराबाट आफैँ बस्ती खाली गरिरहेका हुन् । सरकारले अतिक्रमित बस्तीमा आज र भोलि दुई दिन लगाएर खाली गर्नेछ । अनधिकृत बस्ती हटाउने क्रममा पहिचान भएका ‘वास्तविक’ सुकुम्वासीलाई पहिचान तत्कालका लागि ५ वटा विभिन्न ठाउँमा पुनर्स्थापना गर्ने सरकारको तयारी छ ।

थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानसँगै सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प अघि सारेको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search