विश्वका १० वटा देशमा तीव्र खाद्य असुरक्षा : मल अभाव र मूल्य वृद्धिले सङ्कट अझै बढ्ने

काठामाण्डौ । विश्वका १० वटा देशमा तीव्र खाद्य असुरक्षा देखिएको छ । अफगानिस्तान, बङ्गलादेश, कङ्गो, म्यानमार, नाइजेरिया, पाकिस्तान, दक्षिण सुडान, सुडान, सिरिया र यमन गरी १० वटा देशहरूमा तीव्र खाद्य असुरक्षा रहेको राष्ट्रसङ्घीय प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न निकायहरूको तथ्याङ्कमा आधारित खाद्य सङ्कट सम्बन्धी ग्लोबल रिपोर्ट अनुसार तीव्र खाद्य असुरक्षाको मुख्य कारण द्वन्द्व रहेको छ । द्वन्द्व र जलवायु परिवर्तनले प्रभावित देशको आउँदो अवस्था निर्धारण गर्ने सम्भावना रहेको रिपोर्टले जनाएको छ । खाद्य असुरक्षा दुई अलग–अलग सन्दर्भमा पुष्टि भएको छ भने गाजा र सुडानका केही भागमा एकै वर्षमा तीव्र खाद्य असुरक्षा देखा परेको उल्लेख छ ।

विश्वव्यापी रूपमा ४७ देशका झण्डै २६ करोड ६० लाख मानिसले गएको वर्ष उच्च स्तरको खाद्य असुरक्षाको अनुभव गरेका प्रतिवेदनमा भनिएको छ । प्रमुख तेल आपूर्ति मार्ग, स्ट्रेट अफ होर्मुजको अवरोधले मूल्य वृद्धि हुँदै जाँदा अझै आद्य असुरक्षा बढ्ने सम्भावना रहेको प्रतिवेदनले औँल्याएको छ ।

खेती बालीको मुख्य समयमा मल अभाव र मूल्य वृद्धिले सङ्कट अझै बढ्ने सम्भावना रहेको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय कृषि विकास कोष (आइएफएडी)का प्रमुख अल्वारो लारियोलेलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । उहाँले साना किसानलाई थप सहयोगका लागि आह्वान गर्दै पानी र जलवायु अनुसारका बालीहरूमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

स्थानीय रूपमा मल उत्पादन गर्ने किसानले माटोको स्वास्थ्य सुधार गरेर सङ्कट कम गर्न सक्ने उहाँले बताउनुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search