प्रधानमन्त्री शाहले पहिलो विदेश भ्रमण भारतबाट शुरु गर्नुहुने

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले छिमेकी देश भारतको भ्रमण गर्नुहुने भएको छ । गएको चैत १३ मा प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शाहले विदेशको पहिलो भ्रमण भारतबाट शुरु गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी थालिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि भारत सरकारबाट निमन्त्रणा प्राप्त भएको र भ्रमणको प्रारम्भिक तयारी भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search