संरचना हटाउँदा मानवीय पक्षलाई विशेष ध्यान दिन्छौँ : सुनिता डंगोल

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले महानगरभित्रका नदी किनार र सार्वजनिक क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउने कार्यमा मानवीय पक्षलाई विशेष ध्यान दिइने बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत् उहाँले अनधिकृत संरचना हटाउने प्रक्रियामा मानव अधिकारको न्यूनतम मूल्य मान्यतालाई आत्मसात् गरिने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले सार्वजनिक, सरकारी र सामुदायिक जग्गाको संरक्षण गर्दा सरकारलाई महानगरको पूर्ण सहयोग हुने उल्लेख गर्नुभएको छ ।

डंगोलले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने यो महत्त्वपूर्ण अभियानमा आवश्यक सहयोग र समन्वय गर्न सरोकारवाला सबै निकाय, पदाधिकारी र सर्वसाधारणमा अपिल समेत गर्नुभएको छ ।

 

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search