इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

काठमाण्डाै । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।

पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कबाट गएराति पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका सीईओ पाण्डेलाई काठमाण्डौ ल्याएर थप अनुसन्धान भैरहेको छ ।

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी बिक्री प्रकरणमा पाण्डे पक्राउ परेका सीआईबीले जनाएको छ । ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध प्रहरीले मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search