काठमाण्डौ महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुला

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । महानगरको शिक्षा विभागले आज सूचना निकालेर पर्सि जेठ १ गते बिहान १० बजेदेखि आवेदन खुला हुने जानकारी दिएको हो । आवेदन आउँदो जेठ १० गते राति १२ बजेसम्म दिन सकिन्छ । महानगरपालिकाको वेवसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने छ ।

छात्रवृत्तिका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित भएर १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने सूचनामा उल्लेख छ ।

०७९ सालदेखि महानगरले संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search