चीनकाे राजधानी बेइजिङले पहाडी क्षेत्रमा बाढी नियन्त्रणका लागि ५ वटा जलाशय निर्माण गर्ने योजना अघि सारेको छ । चिनियाँ राजधानीले ५० वर्षयता पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेइजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ ।
यी जलाशयहरू योङदिङ, जुमा, दाशी र वेन्यु नदीको माथिल्लो तटीय क्षेत्रमा रहनेछन् । बाढीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण, मध्य भागमा नदी सफाइ र तटबन्ध सुदृढीकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तरोन्नति गरिँदैछ । यी प्रयासहरूले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछन् ।
अहिले बेइजिङमा ८० वटा जलाशय छन् जसले शहरको ६८ प्रतिशत पहाडी क्षेत्र नियन्त्रण गर्दछ । ५ वटा नयाँ जलाशय निर्माण सम्पन्न भएपछि यो अनुपात ८४ प्रतिशत पुग्नेछ । यसले बेइजिङको उत्तरी र पश्चिमी पहाडहरूमा बाढी नियन्त्रणको मजबुत आधार तयार हुने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।











