पार्टी अत्यन्त कमजाेर अवस्थामा : शशाङ्क काेइराला

काठमाण्डाै । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले पार्टी अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै एकता नै एकमात्र विकल्प रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस इतर समूहले आज माेरङकाे विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टी दुई टुक्रा भएकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो । उहाँले सभापति गगन थापाको कार्यशैलीप्रति प्रश्न उठाउँदै सबै नेताहरूलाई पन्छाएर एक्लै हिँड्न खोज्नु भ्रम मात्र रहेको बताउनुभयो ।

डा. कोइरालाले सर्वोच्च अदालतले गगन थापालाई आधिकारिक सभापति घोषणा गरेको निर्णय गलत भएको र त्यसकै सजाय पार्टीले भोगिरहेको बताउनुभयो । ८० वर्षको इतिहास बोकेको पार्टी फुट्दा लोकतन्त्र र राष्ट्रमै नकारात्मक असर परेको उहाँको भनाइ छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search