कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या एक सय नाघ्यो, आपतकालीन अवस्था घोषणा

कोलम्बियामा दशक यताकै शक्तिशाली भूकम्पमा परी कम्तिमा एक सय ११ जनाको ज्यान गएको छ । भत्किएका भवनहरू मुनि अझै धेरै फसेको आशंका गरिएकोले ज्यान गुमाउनेहरुको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ । कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा हिजो शक्तिशाली भूकम्प गएको हो ।

भूकम्प ७.४ म्याग्निच्युडको रहेको र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा १०० किलोमिटर गहिराइमा रेकर्ड भएको छ । ठूलो संख्यामा उद्धार टोलीहरू भग्नावशेषमा फसेकाको उद्धारका लागि खटिएका छन् ।

कोलम्बियाको चोको प्रान्तका गभर्नरले प्रान्तीय राजधानी किब्दोमा गम्भीर क्षति पुगेको सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । पश्चिमी कोलम्बियाका छ वटा साना विमानस्थलले सञ्चालन स्थगित गरेको नागरिक उड्डयन निकायले जनाएको छ ।

अहिले त्यहाँ आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search