१७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब निकालिएको घटनाबारे संसद‍्मा चर्चा

काठमाण्डाै । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर उनको डिम्ब (ओभम) निकालिएको गम्भीर घटनाबारे चर्चा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद स्मृति सेञ्चुरीले यो संवेदनशील घटनाबारे सदनको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद सेञ्चुरीका अनुसार गएको साउन १४ गते ती किशाेरीलाई ३० हजार रुपैयाँको प्रलोभन देखाई राधिका गोतामे, प्राशन अधिकारी र डाक्टर नुतन शर्मासहितको समूहले डिम्ब निष्कासन गराएका थिए । बालिकाको महिनावारी चक्र ट्रयाक गरी १० दिनसम्म हर्मोनल इन्जेक्शन दिएर डिम्ब निकालिएको थियो । डिम्ब निष्कासनपछि स्वास्थ्यमा गम्भीर समस्या आई बालिका बेहोस हुने, पेट र कम्मर दुख्ने तथा बान्ता हुने भएपछि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । परीक्षणका क्रममा चिकित्सकहरूले बालिकाको डिम्ब निकालिएको पुष्टि गरेका हुन् ।

यस सम्बन्धमा जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत उजुरी दर्ता भए पनि आरोपीहरूलाई सामान्य जिम्मा जमानीमा छाडिएको र उनीहरूले पीडितलाई धम्की दिइरहेको सांसद सेञ्चुरीको आरोप छ । उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही र पीडितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search