रोल्पाको पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्याे, ५ जना बेपत्ता

काठमाण्डाै । रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर ५ कोटलबारामा गएराति गएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । यस्तै अरू ५ जना बेपत्ता रहेका छन् । सशस्त्र प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा स्थानीय बासिन्दा १८ वर्षीया शान्ति पुनमगर, ६५ वर्षीय कमलबहादुर पुनमगर, ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर र ७१ वर्षीया मनरखी पुनमगर छन् ।

ज्यान गुमाउनेमध्ये १ महिला र २ पुरुषको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकामा रहेकाे माडी खोलाको किनारामा फेला परेको हो । बेपत्ता हुनेहरूमा स्थानीय बासिन्दा ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लीलबहादुर पुनमगर, ७१ वर्षीया मनि पुनमगर र ६७ वर्षीया हस्तकला पुनमगर रहेका छन् ।

पहिरोमा परेर घाइते भएका २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरलाई स्वास्थ्य चौकी थबाङबाट थप उपचारका लागि बुटवलतर्फ पठाइएको छ । बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search