शेयर बजार ८ अङ्कले बढ्याे

काठमाण्डाै । लगातार ३ कारोबार दिन घटेर २ दिन स्थिर रहेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से ८.८१ अङ्कले बढेर २ हजार ६५१.२१ विन्दुमा पुगेको छ । आज लगानी, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढेको छ । आज १७१ वटा कम्पनीको शेयर बढेकोमा ८६ वटाको घटेको छ । यस्तै १९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज सर्वाेत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन प्रभु बैंकको डिबेन्चर झन्डै साढे १० प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३४७ वटा कम्पनीका १ करोड २ लाख कित्ता शेयर ३ अर्ब ७२ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search