Ads3

पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सेवाबाट हटायो

पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सेवाबाट हटायो

काठमाण्डौ । पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सेवाबाट हटाएको छ । मन्त्रालय अन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूह, राजपत्रांकित तृतीय श्रेणीका ७ जना इन्जिनियरलाई मन्त्रालयले सेवाबाट हटाएको हो ।

सेवाबाट हटाइएका इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, रमेशप्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ हुनुहुन्छ । पदमेन्द्रप्रसाद श्रेष्ठ बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको तथा अरू ६ जना कार्यालयमा हाजिर नभएका कारण हटाइएको मन्त्रालयले आज निकालेको सूचनामा उल्लेख छ ।

मन्त्रालयले सातै जना इन्जिनियरलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्