Ads3

युक्रेनमा १४ घण्टापछि भग्नावशेषबाट ७ वर्षीय बालकको जीवितै उद्धार

युक्रेनमा १४ घण्टापछि भग्नावशेषबाट ७ वर्षीय बालकको जीवितै उद्धार

युक्रेनमा भएको रुसी आक्रमणपछि एउटा आवासीय भवनको भग्नावशेषबाट उद्धारकर्मीहरूले ७ वर्षीय बालकको जीवितै उद्धार गरेका छन् । उद्धारकर्मीहरूले १४ घण्टापछि ती बालकलाई बाहिर निकालेका बीबीसीले जनाएको छ ।

युक्रेनी अधिकारीहरूले डाइमरबाट उद्धार गरिएको बच्चाको अवस्था स्थिर रहेको र उनलाई अस्पताल लगिएको बताएका छन् ।

किएभ क्षेत्रीय प्रमुख तिमुर तकाचेन्कोका अनुसार भग्नावशेषबाट ७९ वर्षीया महिलालाई पनि जीवितै उद्धार गरेर अस्पताल लगिएको छ ।

आइतवार बिहान किएभ क्षेत्रको डाइमेरमा भएको आक्रमणमा ११ जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

यस्तै बिला त्सेर्कभामा एउटा निजी घरमा भएको आक्रमणमा एक जनाको ज्यान गएको छ ।

यसैगरी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतवार किएभ क्षेत्रमै पर्ने भिसनेभेमा भएको अर्को आक्रमणमा ३ जनाको ज्यान गएको र १३ जना घाइते भएका बताउनुभएको छ ।

जेलेन्स्कीले घटनास्थलमा आपत्कालीन कार्यहरूमा १३० भन्दा धेरै मानिस संलग्न रहेका र प्रत्येक व्यक्तिका बारेमा पूर्ण जानकारी प्राप्त नभएसम्म यो काम चलिरहने बताउनुभएको खबरमा उल्लेख छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्