काठमाण्डाै । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ ग्रहण आउँदाे बिहीवार कात्तिक १२ गते हुने भएको छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिनुभएको जानकारीअनुसार कात्तिक १२ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बीपी नगरमा आयोजना हुने समारोहमा शपथ दिलाइने छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । १५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले फूलपातीका दिन गएकाे असाेज ३१ गते शपथ ग्रहण र पदबहाली गर्नुभएको थियो भने बाँकी पदाधिकारी र सदस्यहरूको शपथ कार्यक्रम बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्