काठमाण्डाै । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले १०औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्ने बताउनुभएको छ ।सुर्खेतमा आज बसेको १०औँ खेलकुद मूल आयोजक समितिको बैठकमा मन्त्री पोखरेलले प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको हो । उहाँले १०औँ राष्ट्रिय खेलकुदको उत्सव आजैदेखि शुरू भएको बताउनुभयो ।
कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदको मिति पटक पटक सर्दै आएको छ । पछिल्लो पटक प्रतियोगिता आउँदो मङ्सिर १६ देखि २९ गतेसम्म आयोजना गर्ने निर्णय भएको छ ।
राष्ट्रिय खेलकुदको मिति यो पाँचौँ पटक तोकिएको हो । २०७९ साल असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकीमा भएको नवौँ राष्ट्रिय खेलकुदपछि कर्णालीले १०औँ संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो ।
त्यसपछि राखेपको ११५औँ बोर्ड बैठकले २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । तर आवश्यक पूर्वाधारलगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्