Ads3

इङ्गल्याण्डका क्रिकेटर डेभिड मलानले चितवन रोइनोजबाट एनपीएल खेल्दै

इङ्गल्याण्डका क्रिकेटर डेभिड मलानले चितवन रोइनोजबाट एनपीएल खेल्दै

काठमाण्डौ । इङ्गल्याण्डका क्रिकेटर डेभिड मलानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजबाट खेल्ने भएका छन् । ‘टी–२०’, ‘एकदिवसीय’ र टेष्ट क्रिकेटमा अन्तरराष्ट्रिय शतकसमेत हानेका मलानलाई पुनः टोलीमा आबद्ध गरेको चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले जानकारी दिनुभयो ।

मलानले अघिल्लो संस्करणको एनपीएल पनि चितवन राइनोजबाट खेलेका थिए । एनपीएलमा आज चितवन राइनोज र विराटनगर किङ्ग्स खेल्दैछन् । इङ्गल्याण्डले सन् २०२२ मा ‘टि–२०’ विश्वकप जित्दा मलान टोलीका सदस्य थिए ।

टेष्टमा उनको एक हजार ७४ रन रहेको छ । यस्तै एकदिवसीयमा ३० खेल खेल्दै एक हजार ४५० रन पूरा गरेका छन् भने टि–२० मा ६२ खेल खेल्दै एक हजार ८९२ रन बनाएका छन् ।

उनी आईसीसीको टी–२० अन्तरराष्ट्रिय वरियतामा शीर्ष स्थानमा पुगिसकेका खेलाडी हुन् ।

Muktinath

प्रतिक्रिया दिनुहोस्