Ads3

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा : ठूलो पानी नपर्ने

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा : ठूलो पानी नपर्ने

काठमाण्डौ । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार यी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनेछ । त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी एक/दुई ठाउँमा पनि पानी पर्नेछ ।

आज दिउँसो कोशी प्रदेशका सबै भागमा बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ । हिजो/अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको र पानी पर्नेक्रम आजदेखि क्रमशः घट्दै जाने महाशाखाका मौमसविद् निष्ठा निरौलाले बताउनुभयो । उहाँका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छैन ।

आज दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा हुन सक्ने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायमै छ ।

आज बिहान बागमती र मधेश प्रदेशका केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परेको थियो । त्यस्तै गएराति काठमाण्डौ उपत्यकामा ठूलो पानी परेको थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्