Ads3

बराह सहकारी ठगी प्रकरणमा फरार संस्थापक अध्यक्ष विश्वकर्मा पक्राउ

बराह सहकारी ठगी प्रकरणमा फरार संस्थापक अध्यक्ष विश्वकर्मा पक्राउ

काठमाण्डाै । सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाको अर्बाैँ रुपैयाँ हिनामिना प्रकरणमा फरार रहेका संस्थापक अध्यक्ष शिवकुमार लामिछाने विश्वकर्मा पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त विशेष टोलीले उनलाई सुनसरीमा रहेको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीले त्यही प्रकरणमा संलग्न बराह ग्रुपको प्रदेश सचिवालय सदस्य तथा सहकारीकी कर्मचारी धरान उपमहानगरपालिका–१५ की अस्मिता भण्डारीलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले विज्ञप्तस निकालेर पक्राउबारेमा जानकारी दिएको छ भने गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा लेख्दै पूर्वका बचतकर्तालाई न्याय दिलाउन अन्य फरार दोषीको खोजी तीव्र पारेको बताउनुभएको छ ।

यस प्रकरणमा १७ हजार १० जना पीडितमध्ये ४ हजार २४३ जनाको जाहेरीका आधारमा १० अर्ब ७३ करोड ४३ लाख रुपैयाँभन्दा धेरैको कुल बिगो दाबीसहित मुद्दा दायर भएको छ ।

अभियोगपत्रअनुसार कुल बिगोमध्ये आधाभन्दा धेरै अर्थात् ५ अर्ब ८८ करोड ४० लाख रुपैयाँभन्दा धेरै रकम अध्यक्ष लामिछानेबाटै हिनामिना भएको उल्लेख छ ।

बचतकर्ताको रकम अपचलन गरी स्वदेशमा ३० र विदेशमा ४ वटा कम्पनी स्थापना गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्