Ads3

स्याङ्जाको आँधीखोलामा नुहाउनेक्रममा खोलाले बगाउँदा एक महिलाको ज्यान गयो

स्याङ्जाको आँधीखोलामा नुहाउनेक्रममा खोलाले बगाउँदा एक महिलाको ज्यान गयो

काठमाण्डौ । स्याङ्जाको आँधीखोलामा आज ऋषिपञ्चमीको अवसरमा नुहाउनेक्रममा एक महिलाको ज्यान गएको छ । वालिङ नगरपालिका–९ भूम्रेकि ५३ वर्षीया माया पाण्डेको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भूम्रेको आँधीखोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो ।

वडा प्रहरी कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीयवासीन्दाले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर टाढा वालिङ–१३ शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्