काठमाण्डौ । एशियाली खेलकुदअन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ । यससँगै नेपालले १२औँ स्थानमा रहेर यात्रा टुङ्ग्याएको छ । जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई २५–२३, २५–१७ र २५–१३ ले हराएको हो ।
नेपालले प्रतियोगितामा कुल पाँच खेल खेलेको थियो । समूह चरणमा जापान र इन्डोनेसियासँग पराजित भएको नेपालले त्यसपछि वरियतातर्फको खेलमा किर्गिस्तानलाई ३–० ले हराएको थियो। तर, त्यसपछिको खेलमा नेपाल हङकङसँग ३–० ले पराजित भयो। हङकङले नेपाललाई २५–२०, २५–१९ र २८–२६ ले हराएको थियो ।
एशियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी १३ मध्ये नेपाली महिला भलिबल टोली १२औँ स्थानमा रहँदै यात्रा टुङ्ग्याएको हो ।
प्रतिक्रिया दिनुहोस्