सुरक्षासम्बन्धी चिन्ताका कारण ओपनएआईले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई मोडेल जीपीटी–६.१ अस्त्र’ सार्वजनिक नगर्ने भएको छ । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आज यसको पुष्टि गरेको छ ।
कम्पनीले यो मोडेलले सुरक्षा र विश्वसनीयतासम्बन्धी आफ्ना स्थापित मापदण्डहरू पूर्णरूपमा पूरा नगरेको जनाएको बीबीसीले लेखेको छ ।
ओपनएआईमा सुरक्षा प्रणाली प्रमुख साची जैनले यो एआई मोडेलले इन्टरनेट ब्राउज गर्ने र एपहरू चलाउनेजस्ता कार्यहरू स्वायत्त रूपमा गर्न सक्ने भए पनि यसको कार्यसम्पादन कम्पनीको अपेक्षाअनुरूप नभएको बताउनुभएको छ । यो मोडेलले आफूले काम गर्नुपर्ने दायरा र अधिकार बुझ्नमा कठिनाइ भोगिरहेको देखिएको उहाँको भनाइ छ ।
साथै प्रयोगकर्तालाई आफ्ना गतिविधिहरूबारे उपलब्ध गराइएको जानकारी कत्तिको सही र पारदर्शी थियो भन्ने कुरा पनि स्पष्ट नभएको खबरमा उल्लेख छ ।
पछिल्ला हप्ताहरूमा ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख डारियो अमोडेई लगायत एआई क्षेत्रका धेरै अगुवाहरूले एआई विकासको तीव्र गतिप्रति चिन्ता व्यक्त गरेका छन् र यस क्षेत्रलाई सावधानीपूर्ण दृष्टिकोण अपनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्