Ads3

सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले घट्यो

काठमाण्डौ ।  कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अस्ति शुक्रबार सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलाको २ लाख ९१ हजार ९०० रुपैयाँमा झरेको हो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ६० रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ४ हजार ४५० रुपैयाँ रहेको चाँदी आज तोलाको ४ हजार ३९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्