Ads3

त्रिभुवन विमानस्थलबाट झन्डै २ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट झन्डै २ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै दुई किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । आज बिहान साढे १ बजेतिर पक्राउ परेका चिनियाँ नागरिक जियानह्वा वाङको साथबाट १ किलो ८०३ दशमलव ७७ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

नेपाल वायु सेवा निगमको जहाजमार्फत त्रिभुवन विमानस्थल अवतरण भएका चीनको जिलिन प्रान्तका वाङलाई विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको टोलीले पक्राउ गरेको हो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्