Ads3

दक्षिण कोरियामा परीक्षार्थीले एआईबाट चिट चोरेपछि शिक्षामन्त्रीको राजीनामा

दक्षिण कोरियामा परीक्षार्थीले एआईबाट चिट चोरेपछि शिक्षामन्त्रीको राजीनामा

दक्षिण कोरियामा एक जना परीक्षार्थीले चिट चोरेको घटना सार्वजनिक भएपछि शिक्षामन्त्रीले पदबाट राजीनामा दिनुभएको छ ।

राष्ट्रिय कर लेखा परीक्षकको परीक्षामा सबैभन्दा धेरै अङ्क ल्याएका परीक्षार्थीले एआई अर्थात् कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर चिट चोरेको खुलेपछि शिक्षामन्त्री चोई क्यो–जिनले राजीनामा दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

ती परीक्षार्थीले सानो क्यामेराको सहायताले प्रश्नपत्रको तस्वीर खिचेर एआई प्रणालीमा पठाउने र त्यहाँबाट आएको उत्तर स्मार्टफोनमार्फत हेरेर सारेको अनुसन्धानबाट खुलेको छ । परीक्षाका दुवै चरणमा यो तरिका अपनाएको ती परीक्षार्थीले स्वीकार गरेका छन् ।

यस्तो गम्भीर कमजोरी सार्वजनिक भएपछि दक्षिण कोरियाको परीक्षा प्रणाली र सुरक्षा व्यवस्थालाई लिएर चौतर्फी आलोचना भएकाे थियाे । विरोधपछि नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले राजीनामा दिनुभएको हो ।

राष्ट्रपतिले उहाँको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय परीक्षा प्रणाली र कानूनी प्रावधानहरूको तत्काल पुनरावलोकन गर्न कडा निर्देशन दिनुभएको छ ।

प्रविधिको बढ्दो दुरुपयोग शैक्षिक क्षेत्रका लागि कतिसम्म चुनौती बन्न सक्छ भन्ने यो घटनाले विश्वभर फेरि एक पटक गम्भीर बहस शुरू गराएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्