Ads3

आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने, पूर्वमा कम हुँदै जाने

आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने, पूर्वमा कम हुँदै जाने

काठमाण्डौ । आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम क्षेत्रमा वर्षा निरन्तर रहने छ ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशः पश्चिमतिर सर्दै गएकाले पश्चिमको तुलनामा पूर्वी भागमा वर्षाको मात्रा कम हुँदै गएको मौसमविद् रोजन लामिछानेले बताउनुभएको छ ।

काठमाण्डौ उपत्यकासहित पूर्वी क्षेत्रमा आजदेखि नै पानी काम हुँदै जानेछ । सोमबारदेखि भने देशका धेरैजसो ठाउँमा मौसम सुधार हुँदै जानेछ ।

अहिले मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । यी क्षेत्रका थोरै ठाउँमा ठूलो पानी परेको छ । महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि कायमै रहनेछ ।

आज गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ । यस्तै कोशी र बागमती प्रदेशको एक/दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ ।

आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ । त्यस्तै हिमाली क्षेत्रमा पनि हिमपातले जनजीवन प्रभावित बनेको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्