Ads3

कालीगण्डकीको बहाव बढ्दा पर्वतको जलजलामा २५ घर बगे

कालीगण्डकीको बहाव बढ्दा पर्वतको जलजलामा २५ घर बगे

काठमाण्डौ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन् ।

आज बिहान ८ बजे कालीगण्डकी नदी बस्तीमा पसेको हो । नेपाल प्रहरीका अनुसार फर्सेका झण्डै ८० घरमध्ये २५ घर बगेका छन् भने अन्य घरसमेत जोखिममा छन् । मानवीय क्षति भएको छैन । बस्तीका सबै बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मिलनचोकबाट बाढी पसेको ठाउँ फर्से झण्डै ६ किलोमिटर पूर्वमा पर्छ । थप विवरण आउन बाँकी छ । कालीगण्डकीको बाढीले पर्वतसहित म्याग्दी र बागलुङलगायत जिल्लाका तटीय क्षेत्रमा विभिन्न ठाउँमा कटान गरेको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्