काठमाण्डाै । मनाङको नार्पाभूमि गाउँपालिका वडा नम्बर ५ मा रहेको हिम्लुङ हिमालमा हिउँपहिरो गएको छ । बिहान हिउँपहिरो गएको जानकारी पाएपछि खोजी तथा उद्धारका लागि चार जनाको टोली हेलिकप्टरमार्फत गएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यहाँ नौ जना पर्वतारोही र १३ जना सहयोगी गएकामा उनीहरूमध्ये १० जना हराएका जानकारी आएको छ । तर सङ्ख्या यकिन भएको छैन । स्थानीयबाट दुई जनाको शव भेटिएको जानकारी आए पनि यकिन नभएको उहाँले बताउनुभयो ।
हिमालमा गएका सबै नेपाली नागरिक रहेका सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्