Ads3

शेयर बजार दाेहाेराे अङ्कले घट्याे

शेयर बजार दाेहाेराे अङ्कले घट्याे

काठमाण्डाै । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२.९५ अङ्कले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स बाहेक सबै समूहको उपसूचक घटेको छ । २११ वटा कम्पनीको शेयर घटेकोमा ५६ वटाको बढेको छ । १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज कुमारी बैंकको डिबेन्चर (२०८६) ५ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन कुमारी सबल योजनाको शेयर झन्डै ३ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३४९ वटा कम्पनीको १ करोड २३ लाख कित्ता शेयर ४ अर्ब ७२ करोड रुपैयाँमा किनबेच भएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्