व्यवसायी श्रेष्ठले गरे जन्मदिनको अवसरमा वाना माविलाई सहयोग

संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ६ का व्यवसायी सुबोध श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । रुद्राक्ष व्यवसायी श्रेष्ठले आफु अध्ययन गरेको वाना माध्यमिक विद्यालयलाई सहयोग गरेका हुन् ।

शनिबार परेको जन्मदिनको अवसरमा उनले विद्यालयलाई ट्रस्ट निर्माणका लागि तीन लाख ५१ हजार १ सय ११ रुपैंया सहयोग गरेका हुन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search