खाँदबारीमा सेपाकताक्रो खेलको निशुल्क प्रशिक्षण सुरु

खाँदबारी । संखुवासभाको खाँदबारीमा सेपाकताक्रो खेलको निशुल्क प्रशिक्षण सुरु भएको छ । बुधबार देखि सुर्य आवासिय माध्यमिक विद्यालयको खेल मैदानमा प्रशिक्षण सुरु भएको हो ।

१५ दिनसम्म हुने प्रशिक्षणमा जिल्लाका तीन स्थानीय तहका करिब १८ जना खेलाडीको उपस्थिति रहेको प्रशिक्षक मेघराज तोलांगीले बताए । सेपाकताक्रो संघ संखुवासभाको आयोजनामा सञ्चालित प्रशिक्षण कार्यक्रममा संखुवासभाकै अन्तराष्ट्रिय खेलाडी राजिव कालाखेतीले समेत प्रशिक्षण दिने छन् ।

प्रशिक्षित उत्कृष्ठ खेलाडीले आगामी हुने ९ औ राष्ट्रिय खेलमा सहभागि हुन पाउने आयोजकले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search