काठमाडौं । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।
उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् ।
१०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ–
१ नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें
२ ४ ठाउँबाट खानेपानीको मूहान थपें
३ व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४ ६ लाख विरुवा रोपें
५ सरसफाइमा देखिने सुधार ल्याएँ
६ प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
७ जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें
८ बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन
९ लागु औषध विरुद्धको अभियान शुरु गरें
१० योजनाहरुका लागि बजेटको जोहो गराएँ
११ पारदर्शी हिसाब किताब सार्बजनिक गरें
१२ पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ
१३ शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ











