सुनचाँदीको भाउ घट्यो

काठमाण्डाै । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ४ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३ सय ५५ रुपैयाँले घटेर तोलाको ५ हजार ३ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ५ हजार ७ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search